सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडिया काउन्सिल विधेयकमाथि काङ्ग्रेसको संशोधन प्रस्ताव दर्ता


  •    /१५ भाद्र २०७६, आईतवार २१:०२ 
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ ।

    राष्ट्रियसभामा काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले आज पार्टीका तर्फबाट सो संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो । विधेयकको दफा ७ मा उल्लेखित काउन्सिलको गठन सम्बन्धमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको, २५ वर्षभन्दा बढी अनुभव हासिल गरेर विशिष्ट योगदान पुर्याएका कम्तीमा ४५ वर्ष उमेर पुगेका ख्यातिप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।

    त्यस्तै प्रतिनिधिसभाका सभामुखले तोकेको प्रमुख विपक्षी दलको प्रतिनिधित्वसहित कम्तीमा एक महिलासहित दुई सांसद, राष्ट्रियसभाका अध्यक्षले तोकेको एक सांसद, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विश्वविद्यालयका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकमध्येबाट सरकारले मनोनयन गरेको एक जना सदस्य हुनुपर्ने संशोधन दर्ता गरिएको छ ।

    त्यस्तै प्रत्येक प्रदेशबाट कम्तीमा २० वर्ष पत्रकारिताको अनुभवसहितका कम्तीमा सात वर्ष सम्पादकीय जिम्मेवारी निर्वाह गरेका सम्पादकमध्येबाट पत्रकार महासङ्घको प्रादेशिक तहको निर्वाचनमा काउन्सिल प्रतिनिधिकारुपमा निर्वाचित भई आउने एक÷एक जनासहित सात, पत्रकार महासङ्घको महाधिवेशनमा काउन्सिलको सदस्यका लागि कम्तीमा २० वर्षको अनुभव भएको श्रमजीवी पत्रकारमध्येबाट निर्वाचित कम्तीमा एक महिलासहित तीन, मानवअधिकार, लैङ्गिक समता, भाषा–साहित्य, व्यवस्थापन, प्रादेशिक तथा स्थानीय तह र अनुसन्धानजस्ता क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव भएको ख्यातिप्राप्त व्यक्तिमध्ये सरकारबाट कम्तीमा दुई महिला सदस्यसहित नियुक्त पाँच जना गरी कूल २१ सदस्यीय समिति रहने संशोधनमा उल्लेख छ ।

    त्यस्तै नियुक्तिका लागि राष्ट्रियसभाका अध्यक्ष संयोजक र प्रतिनिधिसभाको सञ्चार क्षेत्र हेर्ने समितिका सभापति तथा मन्त्रालयले मनोनयन गरेको कम्तीमा २० वर्ष अनुभव भएको ४५ वर्ष उमेर पूरा गरेका वरिष्ठ पत्रकार सदस्य रहने सिफारिश समिति गठनको प्रस्तावसमेत गरिएको छ । काउन्सिलमा नियुक्ति अध्यक्षले प्रधानन्यायाधीशसमक्ष र सदस्यले अध्यक्षसमक्ष तोकिएबमोजिम शपथ लिनुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

    काउन्सिलका अध्यक्ष र सदस्यलाई कार्यक्षमता, खराब आचरण वा पदीय दायित्व पूरा नगरेका जस्ता आरोपमा पदबाट हटाउनुपर्ने लागेमा अध्यक्ष र सदस्य नियुक्ति गर्न गठित सिफारिश समितिले तीन सदस्यसम्मको जाँचबुझ समिति गठन गर्ने, सिफारिश समितिले हटाउनुअघि सफाइ पेश गर्ने उपयुक्त मौका दिनुपर्ने, जवाफ चित्तबुझ्दो नभएमा सरकारलाई अध्यक्ष र सदस्यलाई पदबाट हटाउन समितिले सिफारिश गर्न सक्ने प्रस्ताव संशोधनमा उल्लेख छ ।

    ‘रु २५ हजारदेखि १० लाखसम्म जरिवाना’ भन्ने विधेयकको वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमायाचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’लगायतका प्रस्ताव काङ्ग्रेसको संशोधनमा उल्लेख छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.