राष्ट्रिय

उपप्रम पोखरेलको खुलासा : ‘चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ–काठमाडौँ सुरुङमार्गको सम्झौता’

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताउनुभएको छ । टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उहाँले झोरबाटै सुरुङ खोलिने हुँदा...

घाँटी थिचेर युवकको हत्या, धान खेतमा भेटियो शव

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७ वर्षीय विकेश बैठाको...

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

काठमाडौँ । सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि...

नेपालको प्रस्ताव : भू–क्षय रोक्न विश्वव्यापी अभियान

काठमाडौँ । नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि देखिएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव अन्तरराष्ट्रिय सम्मेलनमा राखेको छ । भारतको नयाँदिल्लीमा भएको ‘संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनमा नेपालका तर्फबाट सो प्रस्ताव गरिएको हो ।...

१६ वर्षीया किशोरीमाथि आफन्तबाटै सामूहिक बलात्कार

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२, पर्सादेवारकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघिको सो घटनाको मुद्दा...

पहिरोमा पुरिएर चालकको ज्यान गयो

पाल्पा । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै...

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि...

पुरानै शैलीले समृद्धि सम्भव छैन : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकार र व्यवसायी मिलेर निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । निर्माण व्यवसायी संघ चितवनको २६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले हिजोको शैली परिवर्तन गर्न...

डेङ्गुको प्रकोप : सभामुखद्वारा सरकारको ध्यानाकर्षण, सदनलाई जानकारी गराउन निर्देशन

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ । प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको...

भरतपुरको फोहर स्थानीय वासिन्दाले नारायणी किनारमा फाल्न रोके

   कृष्ण आचार्य चितवन । भरतपुर महानगरपालिकाको फोहर नारायणी किनारमा फाल्न स्थानीयवासीले रोक लगाएका छन् । महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नं–३ का स्थानीयवासीले फोहर फाल्न रोक लगाएका हुन् । स्थानीयवासीले ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिसमेत बनाएका छन् ।...