“लापरवाहीले बिरामीको मृत्यु” भएपछि चितवन मेडिकल कलेज तोडफोड, अस्पतालमै अश्रुग्याँस प्रहार, १२ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
न्युजभित्तो/३ कार्तिक २०७६, आईतवार १९:४७
भरतपुर । नाकको सामान्य अप्रेशन गरेको बिरामीको मृत्यु भएपछि लापरवाहीले मृत्यु भएको भन्दै बिरामीका आफन्तले भरतपुरस्थित चितवन मेडिकल कलेज तोडफोड गरेका छन् । पूर्वी नवलपरासीकी आशा ज्ञवालीको शनिबार उक्त अस्पतालमा मृत्युभएपछि चिकित्सकको लापरवाहीले भन्दै आफन्तले आईतबार तोडफोड गरेका हुन् ।
मृतकका श्रीमान टुकनारायण ज्ञावलीका अनुसार नाकमा मासु पलाएर उपचारका लागि असोज २६ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । चिकित्सकले सामान्य अप्रेसन भएको र केही घण्टामै अप्रेसन सकिने दुई दिन अस्पताल बसेपछि घर जान मिल्ने भन्दै अप्रेशन गरेको उहाँले बताउनुभयो ।
अस्पतालका डाक्टर सोभितजंग बरालले अप्रेसन गर्नुभएको थियो । असोज २७ गते अप्रेसन गरेपछि बिरामीको अवस्था दैनिक जटिल बन्दै गएको उहाँले बताउनुभयो । “डाक्टरले कहिले कलेजोले काम गरेन कहिले आँखाको नानी गुम्यो, कहिले मृगौलाले काम गरेन भनि आफुहरुलाई भन्दै आएका थिए” ज्ञवालीले भन्नुभयो ।
डाक्टर बस्नेतको लापरबार्हीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले अईतबार दिनभर अस्पतालमा नाराबाजी र घेराउ गरेका थिए । साँझपख बिरामीका आफन्तहरु तोडफोडमा उत्रिएका थिए । सो क्रममा अस्पतालको मुख्य प्रवेश द्वार, भित्री प्रवेशद्वारा र अस्पतालका झ्यालका सिसाहरु फटाईएको छ । बिरोधमा उत्रिएका मृतकका आफन्तलाई चितवन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले अस्पताल परिससरमा अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यासका कारण अस्पतालभित्रका बिरामीहरु समेत प्रभावित बनेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोईरालाका अनुसार भिड अस्पताल तोडफोडमा उत्रिएपछि केही सेल अश्रुग्याँस र सामान्य बल प्रयोग गरिएको बताउनुभयो । उहाँले उक्त क्रममा तोडफोडमा उत्रिएका १२ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । सो क्रममा पाँच जना प्रहरी सामान्य घाईते भएको र प्रदर्शनकारीतर्फ कोही घाईते नभएको दावी कोईरालाले गर्नुभयो ।
यस सम्बन्धमा अस्पतालका पक्षसँग पटक पटक सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् ।