काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी हुनुभएको हो ।
पन्तले आचार्यलाई एक सय ३५ मतले पछि पार्दै एनआरएनएको अध्यक्षमा निर्वाचित हुनुभएको हो। पन्तले एक हजार ९४ मत पाउँदा आचार्यले ९५९ मत पाउनुभयो ।त्यसैगरी संघको उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा विजयी हुनुभएको छ। महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। सचिवमा गौरी जोशी, आरके शर्मा र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।
पन्त यसअघि दुई कार्यकाल एनआरएनएको उपाध्यक्ष हुनुहुन्थ्यो । गोरखा फुजेलका पन्त सन् १९९९ देखि जर्मनीमा रहेर व्यवसायमा संलग्न हुनुहुन्छ । लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच प्रतिबद्धता सार्वजनिक गरेका पन्तले आफ्ना प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिनुभएको छ ।
सङ्घका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो । राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी थिए । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।