राष्ट्रिय
विदुर । नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ । मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक...
इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका...
पर्सा । वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक किशोरीमाथि एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जना युवाले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिनुभयो । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ...
तुलसीपुर । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका...
वीरगञ्ज । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गर्नुभएको छ । बारा तथा पर्साका केही स्थानमा गत चैत १७ गते आएको ‘टोर्नेडो’बाट प्रभावित जनतालाई आवास हस्तान्तरण गर्न आज...
अशोक घिमिरे वीरगञ्ज । जबजब मुलुकमा विभिन्न सङ्कट आइपर्छ तब सबैले सम्झन्छन् र गुहार्छन् नेपाली सेनालाई । राष्ट्रिय सुरक्षासम्बन्धी समस्या होस् वा कुनै पनि प्राकृतिक प्रकोपको समयमा पीडितको मनमा हुन्छ, “सेना कति बेला आइपुग्छ ?” आगलागी, डुबान, बाढीपहिरो, भूकम्प, कुनै...
काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकभरका राष्ट्रिय निकुञ्जका छुट्टाछुट्टै नियमावली रहेको सन्दर्भमा सबैको एकीकृत नियमावली निर्माण गर्ने योजनामा मन्त्रालय रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै मन्त्री बस्नेतले निकुञ्जभित्र सेवा सुविधा सञ्चालन गर्न दिने सम्बन्धमा...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...
















