सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपनिर्वाचनका लागि निर्वाचन आयोगको तयारी तीव्र


  •    न्युजभित्तो/१ कार्तिक २०७६, शुक्रबार २२:१८ 
  • काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्तिमार्फत मतदानको आवश्यक तयारी भइरहेको र व्यवस्थापनको काम भइरहेको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ एक, प्रदेशसभातर्फ तीन, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी कूल ४८ गरी ५२ रिक्त पदमा उपनिर्वाचन हुने जनाएको छ ।

    प्रतिनिसभा सदस्यतर्फ कास्की क्षेत्र नं २ र प्रदेशसभातर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १, बाग्लुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ र दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने निर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवारको मनोनयन हुने जनाएको छ ।

    आयोगले आज प्रकाशित गरेको तालिकाअनुसार कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते मनोनय र उजुरीमाथि जाँचबुझ गर्ने, २४ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते निर्वाचन चिह्न प्रदान गर्ने र आगामी मङ्सिर १४ गते मतदान हुनेछ ।

    यस्तै स्थानीय तहतर्फ निर्वाचन हुने कूल ४८ पदका लागि यही कात्तिक २७ गते मनोनयपत्र दर्ता गराउने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । यस्तै, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आगामी मङ्सिर १ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरेको छ । स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको आयोगले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.