राजनीति

देशभर आज थप २१६ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १८ पुस। पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको...

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने
-न्युजभित्तो

देउखुरी, १८ पुस । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा...

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्ने
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न...

पार्टी विभाजन गरेर समाजवाद आउँदैन : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्काे दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही केन्द्रीय सदस्यमा मनोनित
-न्युजभित्तो

काठमाडौं,१८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन्। उनी २०७८ कार्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी...

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
-न्युजभित्तो

काठमाडौं, १८ पुस । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमवार दिउँसो २ः ०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध...

एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट
-न्युजभित्तो

पर्वत, १८ पुस । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले...

माओवादीको स्थायी कमिटी बैठक जारी
-न्युजभित्तो

काठमाडौं, १८ पुस  । माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक बसकेको हो । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका...

माओवादी महाधिवेशन : नेतृत्व चयन आज आइतबार हुँदै
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आज आइतबार मध्याह्न १ बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः १ दिन लम्बिएको हो । अघिल्लो आइतबार उद्घाटन गरिएको...

राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम
-न्युजभित्तो

काठमाडौं,१८ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयो गले जारी गरेको नामावली...