सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट


  •    न्युजभित्तो/१८ पुष २०७८, आईतवार १४:४३ 
  • पर्वत, १८ पुस । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले जिल्ला कमिटीको १२आँै बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी थालेको हो ।

    यसैबीच शनिबार जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट एकैदिन प्रतिनिधि छनोट गर्ने कार्यतालिकाअनुसार शनिबार सातवटै पालिकाका सबै वडामा भेला गरी प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइएको छ । एमालेका कार्यवाहक अध्यक्ष भक्त कुँवरका अनुसार अधिकांश वडामा सर्वसम्मतरुपमा प्रतिनिधि चयन भइसकेका र केही वडामा सहमतिको प्रयास जारी रहेको छ ।

    अधिवेशन नजिकिँदै गएकाले नटुङ्गिएका वडामा पनि आजसम्म सहमतिमै प्रतिनिधि छनोट हुने उहाँको भनाइ छ । एमालेको बैठकले प्रत्येक ५० जना सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा महिलाका हकमा ४० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । यसबाहेक पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट एक÷एक प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ४०० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.