राजनीति

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
-न्युजभित्तो

काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पार्टीको शुुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’...

्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
-न्युजभित्तो

त्रिशूली (नुवाकोट), ६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गर्नुभएको छ । ‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको...

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
-न्युजभित्तो

नुवाकोट, ६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैरजिम्मेवार सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । आज यहाँ विदुर नगरपालिकाको बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चार...

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना
-न्युजभित्तो

नुवाकोट, ६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी...

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
-न्युजभित्तो

काठमाडौँ, ४ वैशाख । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो ।  प्रतिनिधिसभाको अर्थसमितिको सभापतिमा डा...

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै...

मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ । केन्द्र्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक...

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा...

सङ्घ–प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल सङ्घ प्रदेश सरकारसँग सम्बन्धित विविध महत्वपूर्ण र गहन विषयमा हुनेछ । अपराह्न २ः००...

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय...