सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राकृतिक स्रोतमा आधारित कच्चा वस्तुमै सीमित सुदूरपश्चिमको व्यापार


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार ११:२४ 
  • सुदूरपश्चिम, १३ साउन । कैलाली–कञ्चनपुर सीमामा रहेको सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२र८३ मा रु एक अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन् । कैलाली भन्सार कार्यालयका अनुसार यसरी निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादनमै सीमित छ, जसबाट रु एक करोड ८४ लाख ७१ हजार ७२३ राजश्व संकलन भएको छ । यसले सुदूरपश्चिममा मूल्य अभिवृद्धि गर्ने उद्योगको विकास हुन नसकेको र निर्यात अझै प्राकृतिक स्रोतमा आधारित रहेको देखिएको छ । 

    भन्सार कार्यालयका अनुसार यहाँबाट सबैभन्दा धेरै रु ४४ करोड २७ लाख २८ हजार ५०० बराबरको रोजिन तथा रेजिन एसिड निर्यात भएको छ । त्यसपछि कत्था रु २१ करोड ६६ लाख ७९ हजार ८४०, वनस्पतिबाट प्राप्त हुने रस तथा अर्क रु १६ करोड ९२ लाख २००, रेपसिड तेल उद्योगको अवशेष ९आयल केक० रु १३ करोड एक लाख ५७ हजार ४४८ र तरल कत्था रु १२ करोड ७८ लाख ८४ हजार बराबर निर्यात भएको छ । यस्तै, टर्पेन्टाइन तेल रु १२ करोड सात लाख ९७ हजार ६००, प्लाइउडमा प्रयोग हुने भिनियर सिट रु रु तीन करोड ५७ लाख ४५ हजार ७५८, खयर कत्था रु तीन करोड २९ लाख आठ हजार र टाल्कजस्ता वस्तु रु दुई करोड १५ लाख ४१ हजार १३६ को निर्यात भएको छ । यीमध्ये अधिकांश वनजन्य स्रोत वा सामान्य प्रशोधनपछि निर्यात हुने वस्तु हुन् । उच्च मूल्य अभिवृद्धि भएका औद्योगिक उत्पादन भने शीर्ष निर्यात सूचीमा छैनन् । 

    यस्तो निर्यात संरचनाले प्रदेशमा उद्योगीकरण कमजोर रहेको देखाएको छ । स्थानीय कच्चा पदार्थ प्रशोधन गरी अन्तिम उत्पादनका रूपमा निर्यात गर्न सकिए निर्यातको मूल्य र रोजगारी दुवै बढ्न सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।

    गत आवमा २०८२र८३ मा कुल रु नौ अर्ब ७१ करोड १५ लाख छ हजार राजस्व उठाउने लक्ष्य पाएकामा रु आठ अर्ब ३९ करोड ८५ लाख ६० हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८६ दशमलव ४८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा भने कार्यालयले रु ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्यमध्ये रु आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ अर्थात् ७७ दशमलव ६७ प्रतिशत राजस्व उठाएको थियो । यस आधारमा लक्ष्य प्राप्तिको प्रतिशतमा गत वर्षभन्दा यस वर्ष करिब आठ दशमलव ८१ प्रतिशत बिन्दुले सुधार देखिएको छ ।

    यहाँ डिजेल, पेट्रोल, एलपी ग्यास, कागज, खाद्य सामग्री, फुड सप्लिमेन्ट, बिटुमिन, तोरीलगायतका वस्तु ठूलो परिमाणमा आयात भएका छन् । डिजेल आयातबाट मात्रै रु तीन अर्ब ३८ करोड ६० लाख सात हजार ३०९ राजस्व संकलन भएको छ, जुन कुल राजस्वको ४० दशमलव ३२ प्रतिशत हो । दोस्रो स्थानमा रहेको पेट्रोल आयातबाट रु एक अर्ब ६५ करोड ७० लाख ५९ हजार ६२० अर्थात् १९ दशमलव ७३ प्रतिशत राजस्व प्राप्त भएको छ । डिजेल र पेट्रोलबाट मात्रै कुल राजस्वको करिब ६० प्रतिशत योगदान रहेको तथ्यांकले देखाउँछ ।

    यसैगरी एलपी ग्यासबाट रु ३४ करोड ८२ लाख ३५ हजार ६६८, कागज तथा पेपरबोर्डबाट रु ३६ करोड ९८ लाख ६१ हजार १३८, दालमोठ, पापड, भुजियालगायतबाट रु रु १०, फुड सप्लिमेन्टबाट रु नौ करोड नौ लाख छ हजार ९८५, पेट्रोलियम बिटुमिनबाट रु आठ करोड ७७ लाख ८७ हजार ५६, तोरी रु सात करोड ३९ लाख ८६ हजार २३८, एभिएसन टर्बाइन इन्धन रु पाँच करोड ५३ लाख ३२ हजार ९४० र बेकरीजन्य वस्तु आयातबाट रु पाँच करोड १४ लाख ८८ हजार ८८९ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.