सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार १३:१३ 
  • काठमाडौँ, १३ साउन । सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य भएकामा जोड दिइएको छ ।

    बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

    बैठकपछि सञ्चारकर्मीसँग उहाँले बैठक प्रमुख दलका शीर्ष नेताहरूबाट मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताउनुभयो ।

    उहाँले राजनीतिक रूपमा लड्ने मैदान आ–आफ्ना भए पनि यस्तो विषयमा आरोप–प्रत्यारोप नगरी साझा राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार पनि आफ्ना तर्फबाट क्रियाशील रहेको बताउँदै बैठकमा सरकारको प्रतिनिधित्व अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गर्नुभएकाले सरकारले केही गरेन वा चासो दिएन भन्नु असान्दर्भिक भएको बताउनुभयो ।

    “हाम्रो पहिलो दायित्व देशमा शान्ति सुरक्षा कायम गर्ने हो । सरकारले आफ्नो काम गरिरहेको छ । आजको आवश्यकता शान्ति र अमनचयन कायम गर्नु हो । सामाजिक सद्भाव भड्किन नदिन हामी गम्भीर हुनुपर्छ”, सभापति लामिछानेले भन्नुभयो, “नागरिकको ज्यान ज्यानु गम्भीर विषय हो । घटनाको सत्यतथ्य छानबिनपछि सार्वजनिक हुनेछ । अहिले बाहिर आएका कतिपय विषय अफवाह पनि हुन सक्छन् ।”

    बैठकमा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गर्ने निर्णय भएको र त्यो यथाशक्य चाँडो सार्वजनिक गरिने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प
    सुनसरी घटनालाई समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी गरिरहनुभएको छ: अर्थमन्त्री डा वाग्ले
    शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
    • नेपालमा बाघको सङ्ख्या ४२९
    • संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ: संयोजक दाहाल
    • सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
    • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.