सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनसरी घटनालाई समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी गरिरहनुभएको छ: अर्थमन्त्री डा वाग्ले


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार १३:१६ 
  • काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुनसरीको देवानगन्ज घटनालाई समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाहले पहलकदमी लिइरहनुभएको जानकारी दिनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेद्वारा आज सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारको तर्फबाट धारणा राख्दै उहाँले सुनसरीमा उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री गम्भीर हुनुहुन्छ र पहलकदमी लिइरहनुभएको छ भन्नुभयो ।

    “सुनसरीमा सामाजिक एकता, सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडितपरिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ”, अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “प्रधानमन्त्रीज्यूकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ । प्रयासका काम अहोरात्र भइरहेका छन् । राजनीतिक दलहरूले घटनालाई समाधान गर्न लिएको अग्रसरतालाई सरकारले सकारात्मक रूपमा लिएको छ ।”

    अर्थमन्त्री डा वाग्लेले सुनसरी घटनालाई सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि राजनीतिक दलका शीर्षनेताहरूलाई बैठकमा जानकारी गराउनुभयो । सर्वदलीय बैठकमा उठेका चासो र विषयका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउने जनाउँदै उहाँले सबैको साझा प्रयत्नमा समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.