सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ: संयोजक दाहाल


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार १३:०६ 
  • काठमाडौँ, १३ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत सुनसरीको देवानगन्जमा उत्पन्न परिस्थितिलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

    सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उहाँले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भई अघि बढ्नुपर्ने बताउनुभयो ।

    “यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संयोजक दाहालले विषम परिस्थितिमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो । 

    पूर्वप्रधानमन्त्री दाहालले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । 

    विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै संयोजक दाहालले अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता औँल्याउनुभयो ।

    उहाँले सुनसरी घटनाका सम्बन्धमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टीपङ्क्तिलाई आवश्यक निर्देशनसमेत दिएको बताउनुभयो ।

    संयोजक दाहालले घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प
    सुनसरी घटनालाई समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी गरिरहनुभएको छ: अर्थमन्त्री डा वाग्ले
    शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
    • नेपालमा बाघको सङ्ख्या ४२९
    • संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ: संयोजक दाहाल
    • सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
    • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.