सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापानी विदेशमन्त्री खामिखावाले वसन्तपुर क्षेत्रको अवलोकन गर्दै


  •    न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १५:४६ 
  • काठमाडौँ, २३ बैशाख । आज नेपाल आएकि जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकि छन् ।

    उनि आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकि थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।

    जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गनेछन् ।

    उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.