जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग नेपालका गृहमन्त्री रविको आग्रह
न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १४:२२
काठमाडौं, २३ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरेका छन्। लामिछानेको सचिवालयका अनुसार उनले टेलिफोन सम्पर्क गरी राईलाई झिकाइदिन सहयोगका लागि आग्रह गरेका हुन्।
राई सहकारी ठगी प्रकरणका प्रमुख आरोपी हुन्। गृहमन्त्री लामिछाने आफैपनि सहकारी प्रकरणमा जोडिएका छन्। चार दिन अगाडि मलेसियाली गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालका गृहमहन्त्री रवि लामिछानेसँग आफ्नो कुराकानी भएको जानकारी दिएपनि जिबी राईको प्रसंग भने उल्लेख गरेका छैनन्।