सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत


  •    न्युजभित्तो/२० बैशाख २०८१, बिहीबार १४:२९ 
  • काठमाडौँ, २० वैशाख । सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिसम्बन्धी विभिन्न विधाका पुरस्कार प्रदान गर्नुभयो ।

    कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि उत्कृष्ट पुरस्कार–२०८०’ डा शैलेन्द्र गिरी (प्यूठान)लाई प्रदान गर्नुभयो । यस्तै महिलातर्फको उत्कृष्ट पुरस्कार लेना केशरी कंशाकार (काठमाडौँ) लाई प्रदान गरियो ।

    यस्तै ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि आविष्कार पुरस्कार–२०८०’ वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि स्टार्टअप पुरस्कार–२०८०’ मोनालटेक प्रालि ९चाबहिल० लाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

    प्रधानमन्त्री दाहालले सार्वजनिक क्षेत्रतर्फको ‘राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार–२०८०’ सामाजिक सुरक्षा कोष ९काठमाडौँ० , निजी क्षेत्रर्फ डाटाहव प्रालि ९थापाथली० र प्रदेशतर्फ डाइनामिक टेक्नोसफ्ट प्रालि (वीरगञ्ज) लाई प्रदान गर्नुभयो । कार्यक्रममा आर्थिक वर्ष २०७९÷८० मा सूचना प्रविधि क्षेत्रतर्फ सबैभन्दा बढी राजस्व बुझाउने नेपाल दूरसञ्चार कम्पनी र सोही आर्थिक वर्षमा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर बढी विदेशी मुद्रा भित्र्याउने स्प्राउट टेक्नोलोजी सर्भिस (ललितपुर)लाई पनि सम्मान गरिएको थियो ।

    सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित प्रदर्शनी देखाउने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा सूचना प्रविधिबारे अध्ययन गरिरहेका विद्यार्थीले यससँग सम्बन्धित विभिन्न प्रदर्शनी देखाएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.