राजनीति
सुदूरपश्चिम, १५ मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालले आज कैलालीको गौरीफन्टा सीमा नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले सीमा नाकामा सञ्चालन रहेको शान्ति पुनस्र्थापना गृह र स्वास्थ्य सहायता कक्षबाट भइरहेका गतिविधिबारे जानकारी लिनुभयो । यसअघि गृहमन्त्री अर्यालले कैलालीको...
पाटन (ललितपुर), १५ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको छ । आज ललितपुर महानगरपालिका–६ कनिबहाल पुगेर वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको अवलोकन गर्दै मन्त्री खरेलले सम्पदा भएको...
काठमाडौँ, १५ मङ्सिर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खनालले विगतका...
पोखरा, १४ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । आइतबार नेकपाको प्रदेशस्तरीय एकता सन्देश सभालाई पोखरामा सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न भएमा मात्रै देशको बाँकी मुद्दा सम्बोधन हुन सक्ने बताएका...
काठमाडौँ, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ डा.तोसिमा कार्कीले विवेकशील नेपालीका दिवंगत संस्थापक नेता उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता भएको बताएकी छिन् । आइतबार राष्ट्रिय सभा गृहमा भएको एकता सभामा बोल्दै उनले थापाले कोरेको बाटोमा रास्वपा अगाडि बढ्ने...
काठमाडौँ, १४ मंसिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच ऐतिहासिक एकता घोषणा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ११औँ महाधिवेशनबाट...
चितवन, १४ मंसिर । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय...
काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित...
काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री...
चितवन, १४ मंसिर । नेकपा एमाले चितवनले आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ । तीन वटा निर्वाचन क्षेत्र र उत्पीडित क्लस्टरबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको हो । चितवन क्षेत्र नम्बर–१ बाट खुल्ला,...















