सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन, को–को परे ?


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार ११:५९ 
  • चितवन, १४ मंसिर । नेकपा एमाले चितवनले आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ । तीन वटा निर्वाचन क्षेत्र र उत्पीडित क्लस्टरबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको हो । चितवन क्षेत्र नम्बर–१ बाट खुल्ला, महिला र युवा गरी कुल ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जसमा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, यादवप्रसाद पाठक, गोविन्दप्रसाद कँडेल र जगन्नाथ आचार्य रहेका छन् ।

    उनीहरू खुल्ला तर्फबाट प्रतिनिधि छनौट भएका हुन् । महिला क्लस्टरबाट चन्द्रदेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी, युवा तर्फको क्लस्टरमा उत्तम सेढाईं चयन भएका छन् । सेढाईं एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका स्वकीय सचिव हुन् ।

    चितवन क्षेत्र नम्बर– २ बाट पनि ९ जना प्रतिनिधिहरू निर्विरोध चयन भएका छन् । जसमा खुल्ला तर्फको क्लस्टरबाट डा।तिलचन्द्र भट्टराई, तेजेन्द्रबहादुर खड्का, शङ्कर अधिकारी, केशव लामा र पद्मपाणि सुवेदी रहेका छन् भने महिला क्लस्टरमा विमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ रहेका छन् । युवा क्लस्टरमा प्रकाश आचार्यलाई प्रतिनिधि बनाइएको छ ।

    चितवन निर्वाचन क्षेत्र नम्बर– ३ बाट ६ जना प्रतिनिधि सर्वसम्मत भएका छन् । खुल्ला तर्फबाट रामप्रसाद न्यौपाने, प्रकाश ढुङ्गाना र कृष्णप्रसाद भुर्तेल चयन भएका छन् । न्यौपाने एमाले चितवनका पूर्वअध्यक्ष हुन् भने भुर्तेल बागमती प्रदेशसभाका पूर्व सांसद हुन् ।

    महिला क्लस्टरमा सरस्वती विष्ट र निशा अधिकारी प्रतिनिधि भएका छन् भने युवातर्फ प्रकाश भट्ट प्रतिनिधि बनेका छन् । चितवनमा उत्पीडित क्लस्टर ९दलित० बाट श्यामलाल विक सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् ।

    a (1)bcd

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.