सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार १४:५८ 
  • पाटन (ललितपुर), १५ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    आज ललितपुर महानगरपालिका–६ कनिबहाल पुगेर वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको अवलोकन गर्दै मन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा यसको महत्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

    “चीनसम्म पुगेर मूर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पु¥याउनु भएको योगदान अतुलनीय छ हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझले महत्वपूर्ण सम्पदाहरु बनेका छन्, सम्पदा नहुने हो भने नेपाल त कङ्क्रिटको जङ्गल हुने थियो,” उहाँले भन्नुभयो ।

    मन्त्री खरेलले १३औँ शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गर्नुभयो । 

    ललितपुर महानगरपालिका–६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाइ रहेको बताउँदै सङ्घीय सरकारले दिने बजेटमा काम गर्न पनि समस्या रहेको गुनासो गर्नुभयो । उहाँले सञ्चारमन्त्री खरेलसँगसम्पदा संरक्षणका लागि बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.