सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती


  •    न्युजभित्तो/३० चैत्र २०८२, सोमबार ११:२५ 
  • नारायणगढ (चितवन), ३० चैत । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ । आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आइएको हो ।

    आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक रु ७२ हजारमा जमिन भाडामा लिएर खेती गरिएको छ । सो जमिनमध्ये १५ कट्ठामा कुरिलो खेती गरिएको उहाँले जानकारी दिनुभयो । यसबाट आएको आम्दानीले आश्रम सञ्चालनमा आर्थिक सहयोग पुगेको उहाँको भनाइ छ ।

    प्राङ्गारिक उत्पादन भएकाले बिक्रीका लागि बजार खोज्न नपर्ने र फार्म तथा आश्रमबाटै सहज रूपमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । “प्राङ्गारिक उत्पादन भएकाले खर्च बढी लाग्ने भए पनि यसको माग राम्रो छ,” व्यवस्थापक पौडेलले भन्नुभयो । कुरिलो औषधीय गुणयुक्त बाली भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । यसमा कुनै पनि रासायनिक मल तथा विषादी प्रयोग नगरिएको र गाईको गोबर तथा गौमूत्रबाट तयार गरिएको मल प्रयोग गरिँदै आएको छ । 

    “विषादी प्रयोग गर्दा खेती सजिलो हुन्छ तर हामीले पूर्ण रूपमा प्राङ्गारिक विधि अपनाएकाले उत्पादन केही कम हुन्छ,” उहाँले भन्नुभयो । कुरिलो खेतीमा करिब रु आठ लाख लगानी गरिएको छ । उत्पादनबाट आएको आम्दानीले खर्च कटाएर आश्रम सञ्चालनमा सहयोग पुगिरहेको पौडेलले बताउनुभयो । 

    याम अनुसार कुरिलोको मूल्य प्रतिकिलो रु ५०० देखि एक हजार २०० सम्म पर्ने गरेको छ भने याममा दैनिक करिब २० केजीसम्म बिक्री हुने गरेको छ । यसका साथै सिजनका अन्य तरकारीहरु पनि लगाइँदै आएको उहाँको भनाइ छ । 

    व्यवस्थापक पौडेलका अनुसार कुरिलोको मुख्य सिजन चैत, वैशाख र जेठ महिना रहेको छ । यहाँ यो बाली चार वर्षदेखि उत्पादन हुँदै आएको र उचित हेरचाह गरेमा १०–१२ वर्षसम्म उत्पादन दिन सक्ने उहाँले बताउनुभयो । 

    प्राङ्गारिक खेती गर्दा रोग, कीरा तथा झारको समस्या बढी हुने उल्लेख गर्दै उहाँले बेला–बेलामा कृषि विकास कार्यालय चितवनका प्राविधिक सहयोगमा खेतीलाई अझ व्यवस्थित बनाउँदै आएको बताउनुभयो । कुरिलो रोपेको करिब ६ महिनापछि उत्पादन लिन सुरु गर्न सकिन्छ । यसको बीउ बजारमा सजिलै पाइन्छ भने माघ, फागुन र चैत महिना रोपाइँका लागि उपयुक्त मानिन्छ । 

    हाल आश्रममा २० जना आश्रित तथा आगन्तुकका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । साथै आश्रममा गाई पालिएकाले प्राङ्गारिक मल उत्पादनमा सहयोग पुगेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.