सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग


  •    न्युजभित्तो/२९ चैत्र २०८२, आईतवार १७:१३ 
  • काठमाडौँ, २९ चैत । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ । 

    महासङ्घले आज विज्ञप्ति जारी गरी देशभर धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारीखेती गर्ने संवेदनशील समयमा देशभर रासायनिक मलको अभाव भएको जनाउँदै आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको हो । 

    महासङ्घले विज्ञप्तिमा भनेको छ, “धान, मकै र कोदो नेपालको राष्ट्रिय अर्थतन्त्र र किसानहरूको जीवन, जीविका र नागरिकको खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक बाली हुन्, यस्ता बालीहरूको खेती गर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र चर्को मूल्यमा मल किन्न बाध्य हुनु दुर्भाग्यपूर्ण छ । यो समस्या समाधान गरिनुपर्छ ।”

    कालोबजारी नियन्त्रण, दीर्घकालीन रूपमा समस्या समाधानको योजना तर्जुमा र साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा मल वितरण गर्न पनि महासङ्घले माग गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.