खानेपानीमन्त्री यादवले हर्क साम्पाङलाई भनेः ड्रामा होइन, काम गर्नुस्
न्युजभित्तो/११ माघ २०८१, शुक्रबार १५:४९
काठमाडौं, ११ माघ । खानेपानीमन्त्री प्रदीप यादवले ड्रामा गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क सम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको भन्दै ड्रामा गर्नुभन्दा काम गर्न समेत सुझाव दिए ।
धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको यादवको टिप्पणी थियो । मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहजरूपमा पानी उपलव्ध गराउन संघ सरकारले काम अघि बढाउने उल्लेख गरे ।