सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


  •    न्युजभित्तो/१५ चैत्र २०७९, बुधबार १०:४४ 
  • काठमाडौँ,१५ चैत्र। सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको हो ।

    गठबन्धनमा मन्त्रालयको भागबण्डामा हिजो सहमति जुट्न नसकेकोले आज पनि बैठक बसेको हो । हिजो बसेको गठबन्धनको बैठकमा सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएको थियो ।

    मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा सहमति जुटाउन आज सत्ता साझेदार दलहरुको बैठक जारी रहेको हो । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

    सत्ता साझेदार दलको हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर आज टुङ्गोमा पुगिने बताइएको छ ।

    हिजोको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए । सरकारलाई चाँडो भन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको थियो ।

    हिजोको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन् ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत १० दलीय गठबन्धनका शीर्ष नेता सहभागी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.