सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी होइन आवागमन शब्दको प्रयोग गरौं: राष्ट्रपति पौडेल


  •    न्युजभित्तो/१२ चैत्र २०७९, आईतवार १६:४९ 
  • गोरखा,१२ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभनी ‘आवागमन’ शब्द प्रयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा गोरखा पुगेका राष्ट्रपति पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको भन्दै भ्रमणमा ‘आवागमन’ शब्दको प्रयोग गर्न आग्रह गरे ।

    ‘देशमा गणतन्त्र आएको छ । राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ । अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौं । अवागमन शब्द प्रयोग गरे हुन्छ । सवारी आगन्तुक शब्द हो, फारसी शब्द हो,’ पौडेलले भने, ‘सवारी समान्तवादको प्रतीकको रुपमा लिइएको हुनाले त्यसलाई नयाँ रुपमा प्रस्तुत गरौं । आवागमन शब्दलाई प्रयोग गरौं भनेर भन्ने अनुरोध गर्न चाहन्छु ।’ तस्बिर:  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.