सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा स्ववियु निर्वाचन: सहिद स्मृतिमा ७८१ र माडीमा २२८ मत खस्यो, मतगणना सुरु हुँदै


  •    न्युजभित्तो/५ चैत्र २०७९, आईतवार १६:१६ 
  • चितवन,५ चैत्र। चितवनका दुई क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सकिएको छ ।

    रत्ननगरको सहिद स्मृति क्याम्पसमा ७८१ र माडी क्याम्पसमा २२८ मत खसेको छ । मतगणना सकिएपछि अब केही समयपछि मतगणनाको कार्य सुरु गर्ने दुवै क्याम्पसको निर्वाचन समितिले जनाएका छन् ।

    चितवनमा त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी १७ वटा क्याम्पस रहेकामा दुई वटामा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । माडीमा आठ वटा विद्यार्थी संगठनहरुको गठबन्धन विरुद्ध एमाले निकटको अनेरास्ववियु एक्लै चुनाव लडेको छ भने सहिद स्मृतिमा एमाले, माओवादी र समाजवादी निकटका विद्यार्थी संगठनबीच तालमेल भएको छ ।

    अन्य क्याम्पसहरुमा अनिश्चित कालका लागि चुनाव स्थगित गरिएको छ । निर्वाचन गराउन सहज वातावरण नभएको भन्दै निर्वाचन अधिकृतहरुले निर्वाचन स्थगित गरेका हुन् । विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर अवरोध गरेपछि चुनाव स्थगित भएका हो ।

    निर्वाचन स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकले अर्काेलाई दोषारोपण गरेका छन् । कतिपय क्याम्पसले मनोमानी ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाएकाले समस्या भएको एमाले निकटको अनेरास्ववियु चितवका सह–संयोजक हरी आचार्यले बताए ।

    नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले केही दिन तलमाथि भएपनि चुनाव हुनुपर्ने बताउँछन् । उनका अनुसार जिल्लाका तीन वटा आंगिक क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि चुनाव हुन सकेन । अन्य क्याम्पसमा पनि सहमति हुन नसक्दा चुनाव हुन नसकेको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा १५ क्याम्पसमा आज चुनाव हुन नसकेको बताए । ‘सुरक्षा व्यवस्था राम्रो भए पनि राजनीतिक सहमति हुन नसक्दा जिल्लाको दुई वटा क्याम्पसमा मात्रै मतदान भएको छ’, उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.