सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्ववियु निर्वाचन : चितवनका क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले हटायो


  •    न्युजभित्तो/३० फाल्गुन २०७९, मंगलवार ११:०६ 
  • चितवन,३० फाल्गुन। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा जिल्लाको ११ क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा लगाएका ताला प्रहरीले हटाएको छ । बिहान ६ बजेसम्म पनि विद्यार्थी संगठनले आफुले लगाएका ताला नहटाएपछि प्रहरीले ताला फोरेको हो ।

    जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको राजनीतिक दल र सुरक्षा निकायको बैठकले स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो । सोहि अनुसार विभिन्न दलका विद्यार्थी संगठनले क्याम्पसहरुमा लगाएको ताला आज बिहान ६ बजेसम्म खोल्न सम्बन्धित दलले निर्देशन दिने बताइएको थियो ।

    प्रशासनले पनि एक सूचना जारी गरी तालाबन्दी हटाउन अनुरोध गरेको थियो । दलको निर्देशन र प्रशासनको आग्रहपछि पनि ताला नखोलिएपछि प्रशासनले प्रहरी लगाएर ताला फोरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.