सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘विदेशीबाट पालित हुँडारहरुबाट नेकपा एमालेमाथि चौतर्फी हमला’


  •    न्युजभित्तो/२९ फाल्गुन २०७९, सोमबार २१:४८ 
  • माडी २९ फागुन । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवम् पुर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अहिले देशमा विदेशीबाट पालित हुँडारहरुले नेकपा एमालेमाथि चौतर्फी हमला गरिरहेको जानकारी दिनुभयो ।

    नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत सोमबार माडी नगरपालिका वडा नं ८ मा आयोजित कार्यक्रममा बोल्दै पोलिट व्युरो सदस्य बास्कोटाले विदेशीको इसारामा जस्ले जति हमाला गरेपनि नेकपा एमालेले देशभक्त जनता रहेसम्म चन्द्र सूर्य अंकित झण्डालाई झुक्न नदिने बताउनुभयो ।

    नेकपा एमाले माडी ८ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि बास्कोटाले वर्तमान प्रधानमन्त्री प्रचण्ड माडीबाट निर्वाचित भएर सत्तामा पुगेपनि माडीलाई मणि बनाउने विषयमा कुनै काम गर्न नसकेको बताउनुभयाे ।

    कार्यक्रममा माडी ८ का २२ जना पुराना सेल्टरदाता र संगठनकर्ताहरुलाई सम्मान गरिएको थियो । सम्मानले समाजको लागि थप काम गर्ने हौसला मिलेको सम्मानित व्यक्तिहरुले बताएका थिए ।

    नेकपा एमाले माडी ८ का अध्यक्ष तिलक गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाकी नगर प्रमुख ताराकाजी महत्तो, एमाले नेताहरु अञ्जन तिमिल्सिना, राजाराम रेग्मी, माडी नगर ईञ्चार्ज शिवहरी सुवेदी, अध्यक्ष नारायण अधिकारी, सचिव श्रीप्रसाद दवाडी लगायतले वर्तमान समसामयिक राजनीति र नेकपा एमालेको संगठन विस्तारको विषयमा मन्तव्य राख्नुभएको थियो ।

    नेकपा एमालेको ग्रासरुट अभियानको लागि माडी आउनुभएका बास्कोटा आज माडी ९ का प्याउली, चेपाङ बस्तीलगायका स्थानहरुमा पुगेर अन्तरक्रिया गर्नुभएको थियो भने बुधवारसम्म माडीका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने नेकपा एमालेका माडी नगर सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.