सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिले लय समात्यो,अब सरकारले युद्धस्तरमा काम गर्छः प्रधानमन्त्री


  •    न्युजभित्तो/२८ फाल्गुन २०७९, आईतवार १५:३४ 
  • काठमाडौं,२८ फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जाने बताएका हुन्। उनले अर्थतन्त्रलाई चालु अवस्थामा ल्याउन सरकारको ध्यान रहेको बताए।

    ‘राजनीतिले लय समातेकाले सरकारको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जानेछ। कोरोना महामारी, रुस युक्रेन युद्ध र आपूर्तिको व्यवस्थामा परेको चापका कारण निर्माण सामग्रीको मूल्य बढेको छ। यी विषयमा सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

    उनले पेट्रोलियम पर्दार्थमा घाटा खाएर मूल्य नियन्त्रण गरिए पनि यो सधैँभरि खेप्न सकिने अवस्था नहरेको बताए। प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुले ठेक्का लिएर समयमा काम नगर्ने र बेलाबेला हराउँदा निर्माण क्षेत्रको वास्तविक चित्रलाई प्रतिबिम्बित गरेको बताए।

    उनले भने, ‘निर्माण कार्यको ठेक्का लिने समयमा काम सम्पन्न नगर्ने, गुणस्तरीय काम नहुने, विभिन्न तर्कमा ठेक्काको समय लम्ब्याउने र लागत बढाउने कुरामा सरकार गम्भीर छ। बेला बेलामा ठेकेदार हराएको सूचना भन्दै सामािजक सञ्जालमा निर्माण व्यवसायी प्रतिको आक्रोश ट्रोल हुने गरेको छ। त्यसले निर्माण क्षेत्रको वास्तविक चित्रलाई प्रतिबिम्बित गर्दछ। यसबारेमा उहाँले गम्भीर भएर काम गर्नुहुनेछ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.