सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौडेललाई राजाजस्तो राष्ट्रपति होइन, नागरिक राष्ट्राध्यक्ष बन्न थापाको सुझाव


  •    न्युजभित्तो/२६ फाल्गुन २०७९, शुक्रबार १६:२२ 
  • काठमाण्डाै,२६ फाल्गुन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्ष बन्न सुझाव दिएका छन् ।

    महामन्त्री थापाले आज शुक्रबार सामाजिक संजालमा लेख्दै नवनिर्वाचित राष्ट्रपति पाैडेललाई ५ बुँदे सुझाव दिएका हुन् । महामन्त्री थापाले पार्टीकाे तर्फबाट राष्ट्रपतिकाे उम्मेदवार बनाउँदा भनेकाे र राखेकाे अपेक्षालाई कार्यान्वयनमा लैजान सुझाव दिएका छन् ।

    उनले नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता नभएकाे बताएका छन् । उनले भनेका छन्, ‘रामचन्द्र पौडेललाई राजाजस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रूपमा हेर्ने हाम्रो इच्छा छ ।’

    महामन्त्री थापाले हाम्राे राष्ट्रपति संवैधानिक भएकाे र संविधानले नै राष्ट्रपतिका कामलाई दिशा निर्देश गरेको बताएका छन् । उनले संविधानको परिधिभित्र रहेर राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सल्लाह, सुझाव र आफ्नो दृष्टिकोण दिन सक्ने तर प्रधानमन्त्रीको अधिकारमाथि कहिल्यै हस्तक्षेप नगर्नेतर्फ पनि सचेत गराएका छन् ।

    महामन्त्री थापाले विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने परम्परा, अभ्यास र तामझामपूर्ण शैलीले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताउँदै राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडकभडक नगर्न, सरल र सादगी जीवनशैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रूपमा आफूलाई राख्न पनि पाैडेललाई सुझाव दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.