सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेश : तत्काल सरकार नछाड्ने पक्षमा एमालेका अर्थमन्त्री जेएन थपलिया


  •    न्युजभित्तो/१६ फाल्गुन २०७९, मंगलवार १०:५९ 
  • चितवन,१६ फागुन । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट पनि बाहिरिसकेको छ । एमालेबाट संघीय मन्त्री बनेका नेताहरुले राजिनामा बुझाइसकेका छन् । यता बागमती प्रदेशमा भने एमालेका मन्त्रीहरु बीच दुई धार देखिएको छ । बागमतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

    जम्कट्टेलको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भई आर्थिक मामिला तथा योजना मन्त्री बनेका चितवनका एमाले नेता जगन्नाथ थपलिया भने तत्काल छाड्ने पक्षमा छैनन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका थपलियाले तत्काल प्रदेश सरकारबाट बाहिरिने कुनै निर्णय नभएको बताए ।

    उनले केन्द्रीय राजनीतिको कोर्स परिवर्तन भएसँगै सङ्घीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारबाट भने तत्काल नबाहिरिने बताए । केन्द्रीय सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिए पनि प्रदेशमा तत्काल सरकार छोडी हाल्ने निर्णय नभएको उनको भनाइ छ । केन्द्र र प्रदेशको परिस्थिति फरक भएकाले सरकार छाडने विषयमा निर्णय नभएको उनको भनाइ छ ।

    ‘केन्द्र र प्रदेशको कुरा फरक छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदैमा प्रदेशमा पनि हुनुपर्छ भन्ने छैन । हामीले तत्काल प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छैनौ र छोड्दैनौँ ।’ उनले भने, ‘अर्को कुनै घटना नभएसम्म सरकार छोड्ने कुनै मनस्थितिमा छैन । सरकारबाट बाहिरिने विषयमा पार्टीको प्रदेश समितिले नै निर्णय गर्नेछ । पछिल्लो समय बदलिएको राजनीतिको बारेमा पार्टी भित्र छलफल भने भइरहेको छ ।’

    नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा श्रम, यातायात तथा रोजगार मन्त्री रहेका एकालाल श्रेष्ठले तत्काल सरकार छाड्नु पर्ने बताउँछन् । उनले केन्द्रको निर्देशन अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले पदबाट राजीनामा दिनु पर्ने बताएका हुन् ।

    ‘हामीले सरकारमा बस्नु पर्ने परिस्थिति सकिएको छ । हामीले अब सरकार छाड्नु पर्छ ।’ उनले भने, ‘केन्द्र कै अनुसार प्रदेशमा पनि पार्टीले सरकार छोड्न सक्छौ । केन्द्रको निर्देशनको पर्खाइमा हरेका छौ । हामी कुनै पनि समयमा मन्त्रीबाट राजीनामा दिन सक्छौ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.