राजनीतिक कोर्ष परिवर्तनको बलिया शक्ति हामी हौँः माधवकुमार नेपाल
न्युजभित्तो/१५ फाल्गुन २०७९, सोमबार १६:३७
वीरेन्द्रनगर,१५ फागुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान राजनीतिक कोर्ष परिवर्तनको बलियो शक्ति एकीकृत समाजवादी पाटी बनेको बताएका छन्। पाटी प्रशिक्षणका लागि कर्णाली भ्रमणमा आएका नेपालले एकीकृत समाजवादीका नेता धनश्याम भुषाल, अमर थापा, मोहन बडुवालसहितका नेताको साथमा सुर्खेत विमानस्थलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।
नेपालमा बिगतमा भएका राजनीतिक परिर्वनमा आफ्नो उल्लेखेनीय भूमीका रहेको स्मरण गर्दै नेता नेपालले वर्तमान राष्ट्रिय राजनीतिको कोर्ष परिवर्तनमा पनि एकिकृत समाजवादी बलियो शक्ति भएको बताए। उनले भने, पाटीको नीति, विचार र सांगठानिक संरचनाहरु परिपक्क छ। हामी आफ्नो निर्णय कार्यन्वयन गर्न बलियो अडानका साथ उभिएका छौँ। नेकपा एकीकृत समाजवादी पाटीलाई मुलुकको राजनीतिक कोर्ष परिवर्तनको मुख्य शक्ति बनाउछौँ।
मुलुकमा विगतका राजनीतिक परिवर्तनमा पनि कुलश भुमीका खेलेर कोर्ष परिवर्तन गर्दै आएको नेता नेपालले बताए। नेता नेपालले २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने बताए।