सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविलाई भेटेर रामचन्द्रद्वारा राष्ट्रपतिमा सहयोगको आग्रह


  •    न्युजभित्तो/१३ फाल्गुन २०७९, शनिबार १४:३४ 
  • काठमाडौं,१३ फाल्गुन। भावी राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आफ्नो पार्टी कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

    ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेटवार्ता गरी आफूलाई राष्ट्रपति सहयोग गर्न आग्रह गरेका हुन् । पौडेलको आग्रहमा लामिछाने आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ ।

    काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.