सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अखिलको नयाँ नेतृत्वका चयनका लागि मतदान सुरू


  •    न्युजभित्तो/४ फाल्गुन २०७९, बिहीबार १६:३६ 
  • काठमाडौं,४ फागुन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि भोटिङबाट नेतृत्व चयन गर्न लागिएको हो । अखिलले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ ।

    अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । वाङ्छु योञ्जनले भने आफ्नो उम्मेदवारी फिर्ता लिँदै समिक बडाललाई समर्थन गरेका छन् ।

    महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । भने १५(१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ । ७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको हो । यस पटक अखिलमा ठाडो गुटबन्दी नभएकाले पनि उम्मेदवार धेरै छन् ।

    महासचिवका लागि पनि पाँचैजना मैदानमा छन् । महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

    सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.