भण्डारीको ३० र आमाको ७० प्रतिशत शरीर जलेको छ: अस्पताल
न्युजभित्तो/४ फाल्गुन २०७९, बिहीबार ११:०६
काठमाडौँ,४ फागुन। गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
नेता भण्डारीसँगै उनकी आमा ८७ वर्षीय हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन् । गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिन्डर पड्किएर दुवैजना घाइते भएका थिए ।
अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार नेता डा भण्डारीको अनुहार, दुवै हात र गोडामा ३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ । डा भण्डारी र आमा हरिकलाको श्वास नलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीको भनाइ छ ।
नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।