सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगजनी र तोडफोडको जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने छः यातायात मजदुरका नेता


  •    न्युजभित्तो/२ फाल्गुन २०७९, मंगलवार ११:२० 
  • काठमाडौं,२ फागुन । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता जारी छ । सहभागी यातायात व्यवसायीका नेताहरुले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् । आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरुको आरोप छ ।

    बालाजु क्षेत्रमा भएको लुटपाटमासमेत ल्होत्सेबाटै परिचालित व्यक्तिहरुको संलग्नता रहेको आरोप लगाउँदै उनीहरुले सोमबार भएका सबै घटनाको सबै जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले नै लिनुपर्ने बताए ।

    ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न कम्पनी हो । प्रालिले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग ४५ वर्षको सम्झौता गरेको छ ।

    यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए ।

    बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरू तोडफोडसमेत गरेको थियो । आज उनीहरुले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.