सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरकी मेयर रेनु दाहालले बाडिन् जनयुद्ध दिवसको खुसियाली


  •    न्युजभित्तो/१ फाल्गुन २०७९, सोमबार १५:१६ 
  • चितवन, १ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनयुद्ध दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै दिवसको खुसीयाली बाडेकी छन् ।

    आज एक विज्ञप्ति जारी गर्दै मेयर दाहालले विभिन्न अवसर पारेर संघर्षबाट प्राप्त उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु पूरा गर्नुपर्ने भन्दै दिवसको खुसीयाली बाडेकी हुन् ।

    सन्देशमा भनिएको छ–‘नेपाली राजनितिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित भएको हो ।’

    नगर प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा संविधानसभा मार्फत संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चितसहित संघ, प्रदेश र स्थानीय तहको सरकारको रुपमा अभ्यासमा आउनु पनि महान जनयुद्धकै योगदान भएको कुरा अवगत नै भएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ , ‘जनयुद्ध दिवसको अवसर पारेर देश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै जनतालाई सार्वभौम एवम् अधिकार सम्पन्न बनाउन बलिदान गर्ने सहिदहरु प्रति हार्दिक श्रद्धासुमनका साथै घाइते अपाङ्ग तथा बेपत्ता योद्धाका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.