सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ता गठबन्धनमा लामिछानेको मागः चितवन-२ को उपनिर्वाचन मिति छिटो तोकियोस्


  •    न्युजभित्तो/२९ माघ २०७९, आईतवार १४:०९ 
  • चितवन, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन-२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।

    चितवन-२ मा समयमै उपनिर्वाचन होस् भनेर मैले भनेको छु । समयमै उपनिर्वाचन गरियोस् ताकि हामीलाई सजिलो होस्, उपनिर्वाचनमा जानुपर्ने मलाई आइलाग्या छ भनेको छु, बैठकपछि लामिछानेले इकान्तिपुरसँग भने, ुनिर्वाचन छिटोभन्दा छिटो हुनुपर्‍यो भन्ने कुरा मैले राखेपछि प्रधानमन्त्रीले निर्वाचन आयोगसँग कुरा गरेको छु चाँडै नै मिति तोकिन्छ ढुक्क हुनुस् भनेर मलाई आश्वस्त पार्नुभएको छ ।

    चितवन २ बाट मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित भएका थिए । उनको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उनको पद खारेज गरिदिएको थियो । लामिछानेको पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । पद खारेजीपछि लामिछानेले प्रक्रिया पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.