सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई आज विशेष सम्बोधन गर्दै


  •    न्युजभित्तो/२७ माघ २०७९, शुक्रबार १०:४५ 
  • काठमाडौं, २७ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न ३ बजे राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी हुन् ।

    संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गरेपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

    नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ ।

    यस्तै आजै साँझ ५ बजे संसदको दोस्रो बैठक बस्ने पनि कार्यसूची रहेको छ । आजको दोस्रो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

    सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने, ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’, ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

    यस्तो छ आजको संसदको संयुक्त बैठकको दैनिक कार्यसूची

    संसदको संयुक्त बैठकको दैनिक कार्यसूची

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.