सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन–२ मा निर्वाचित गराउनुपर्ने उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने


  •    न्युजभित्तो/२३ माघ २०७९, सोमबार ११:०३ 
  • काठमाडौँ,२३ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ । गएको मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गरेको स्थितिमा आयोगले सो माग पूरा गर्न नसकिने प्रस्ट्याएको हो ।

    सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद पद गएसँगै उनका निकटतम प्रतिस्पर्धीको हैसियतले श्रेष्ठले आइतबार आयोग पुगेर सो निवेदन दिएका हुन् । आयोगले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएको जनाएको छ । श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको प्रस्ट्याए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.