सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने


  •    न्युजभित्तो/२२ माघ २०७९, आईतवार १७:१७ 
  • काठमाडौं,२२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेको हो ।

    सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि रास्वपाको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    यसअघि पटक-पटक बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेर रास्वापाका सभापति रवि लामिछानेले आफूलाई पुन: गृहमन्त्री बनाउन आग्रह गरेका थिए । बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न हिजो साँझसम्म २ दिने अल्टिमेटम आज सकिएपछि रास्वापाले संयुक्त बैठक बोलाएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले स्वार्थ बाँझिने भन्दै रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन चाहेपनि उक्त पार्टीले यसअघि नै गृह मन्त्रालय आफ्नो पार्टीको बटमलाइन भएको भन्दै कुनै हालतमा गृह मन्त्रालय नछोड्ने नत्र सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.