सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्तामा जान नपाउँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ : अध्यक्ष ओली


  •    न्युजभित्तो/२२ माघ २०७९, आईतवार १५:५२ 
  • काठमाडौं,२२ माघ। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका हुन् ।

    उनले एमाले सत्ता लिप्सामा कहिल्यै नरहेको जिकिर गरे । राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्न आफूहरूले सरकार बनाउनको लागि पहल थालेर प्रचण्डलाई प्रधानन्त्री बनाएको ओलीले बताए ।

    उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनर स्वीकार्न नसकेको टिप्पणी गरे । काँग्रेसप्रति आक्रोशित देखिएका ओलीले पुस १० गते आफ्नो पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड; नेतृत्वको सरकार बनेदेखि कांग्रेसलाई छटपटी भएको भन्दै कांग्रेसमाथि प्रहार गरेका हुन् ।

    उनले कांग्रेस संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा दिंदै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएको बताए । उनले एमाले सत्ता लिप्सामा कहिल्यै नरहेको पनि जिकिर गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.