सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपाको बैठकपछि रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै


  •    न्युजभित्तो/२२ माघ २०७९, आईतवार १३:५८ 
  • काठमाडौँ,२२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन् । आज आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सकिएपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    लामिछानेले सामाजिक संजालमार्फत पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् । उनले आजको पार्टीको बैठकले सरकारमा बस्ने वा बाहिरिने भन्ने बारेमा ठोस निर्णय लिने पनि बताएका छन् । उनले सिङ्गो देश र विदेशमा रहने सबै नेपालीले आजको पत्रकार सम्मेलन हेर्न र सुन्न आग्रह पनि गरेका छन् । उनले आफूले सिधा कुरा नगरेको धेरै भएको पनि बताएका छन् ।

    उनले लेखेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । रास्वापाको बैठक बस्नुअघि गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.