सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपाले प्रचण्ड सरकारमा रहने वा बाहिरिने छिनोफानो आज गर्दै


  •    न्युजभित्तो/१९ माघ २०७९, बिहीबार १६:०० 
  • काठमाडौँ, १९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा रहने वा बाहिरिने भन्ने बारेमा आज छिनोफानो गर्दै छ ।

    रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अपराह्न साढे ४ बजे बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि सरकारमा बस्ने वा बाहिरिने भन्ने विषयमा निर्णय गर्न रास्वपाको संयुक्त बैठक बस्ने भएको हो ।

    आज दिउँसो मात्र रास्वपाका सभापति रवि लामिछानेले सामाजिक संजाल ट्वीटरमा लेख्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको स्पष्ट पारेका छन् । सभापति लामिछानेले आफूले मौनता तोड्ने समय आएको चेतावनी दिएका हुन् ।

    तीन पटक बालुवाटार पुगेर प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफूलाई पुन: गृहमन्त्री बनाउन आग्रह गर्दा पनि प्रचण्डले सुनुवाई नगरेकोले लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो आफ्नो आक्रोश प्रकट गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले स्वार्थ बाँझिने भन्दै रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन चाहेपनि उक्त पार्टीले गृह मन्त्रालय आफ्नो पार्टीको बटमलाइन भएको भन्दै कुनै हालतमा गृह मन्त्रालय नछोड्ने नत्र सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएको छ ।

    प्रधानमन्त्री प्रचण्ड सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म लामिछानेलाई गृहमन्त्री बनाउन नसकिने अडान राख्दै आएका छन् । तर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिराटनगर पुगेर आज रास्वपाका सभापति लामिछानेलाई गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ कुर्नु नपर्ने बताएका छन् ।

    आजको संयुक्त बैठकमा रास्वपाका मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । रास्वपाबाट प्रचण्ड सरकारमा हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।

    यस्तै आजै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे बस्ने भएको हो ।आज बस्ने बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र गृह मन्त्रालय लगायतका विषयमा छलफल हुन लागेको हो ।

    ओलीले आज पनि गत पुस १० गते सत्ता गठबन्धनमा बालकोटमा भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपाले पाउनुपर्ने तर्क गरेका हुन् । आफू र प्रधानमन्त्री प्रचण्डबीच उक्त विषयमा सहमति रहेको पनि उनले बताए ।

    एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई लामिछानेलाई पुन: गृहमन्त्री बनाउन दवाव दिंदै आएका छन् । गृह मन्त्रालयलाई लिएर सत्ता गठबन्धनमा खटपट उत्पन्न हुनुको साथै रास्वपाले सरकार छोडेमा सत्ता समीकरणमै फेरबदल आउन सक्नेसम्मको संकेत देखिन थालेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.