सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेरो मौनता आजसम्मलाई हो, म अभिमन्यु होइन : रवि लामिछाने


  •    न्युजभित्तो/१९ माघ २०७९, बिहीबार १५:१६ 
  • काठमाडौँ,१९ माघ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको स्पष्ट पारेका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै सभापति लामिछानेले आफूले मौनता तोड्ने समय आएको चेतावनी दिएका हुन् ।

    उनले अब आफूलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला भन्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको भन्दै आफू अभिमन्यु नभएको स्पष्ट पारेका छन् ।

    तीन पटक बालुवाटार पुगेर प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफूलाई पुन: गृहमन्त्री बनाउन आग्रह गर्दा पनि प्रचण्डले सुनुवाई नगरेकोले लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो आफ्नो आक्रोश प्रकट गरेका हुन् ।

    उनले लेखका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

    आज बिहीबार बिहान विराटनगर पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभापति लामिछानेलाई गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ कुर्नु नपर्ने बताएपछि लामिछानेको यस्तो चेतावनी दिएका हुन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकार गठन भएको समयमा भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने जोड दिएका थिए ।

    लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा सहभागी पनि भएतापनि सर्वोच्च अदालतको इजलासले माघ १३ गते नागरिकता मुद्धा विवादमा लामिछानेलाई दोषी ठहर गरेसँगै पार्टी सभापति, सांसद र मन्त्री पद सबै गुमेको थियो ।

    नागरिकता प्राप्त गरेसँगै लामिछाने पुनः गृह मन्त्रालयमा फर्किने तयारी गरिरहेका छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले सर्वाेच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने भनेका छन् । लामिछाने नागरिकता नभएका कारण गृहमन्त्रीबाट बर्खास्तीमा परेपछि उक्त मन्त्रालय कसलाई दिने भन्ने विषयमा गठबन्धनमा विवाद उत्पन्न छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.