सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेको पार्टी रास्वपा खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी


  •    न्युजभित्तो/१८ माघ २०७९, बुधबार १६:४६ 
  • काठमाडौँ, १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आज बुधबार सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् ।

    निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको छ । आयोगमा २०७९ असार १७ गते लामिछानेको अध्यक्षतामा दल दर्ता गरिएको थियो ।

    दल दर्तापश्चात् निर्वाचनमा भाग लिएर रास्वपा राष्ट्रिय दल बन्यो । लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा सहभागी पनि भएतापनि सर्वोच्च अदालतको इजलासले माघ १३ गते नागरिकता मुद्धा विवादमा लामिछानेलाई दोषी ठहर गरेसँगै पार्टी सभापति, सांसद र मन्त्री पद सबै गुमेको थियो ।

    सरकारबाट बाहिरिएको दुई दिनमै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नेपाली नागरिकता लिएका थिए । नागरिकता प्राप्त गरेसँगै लामिछाने पुनः गृह मन्त्रालयमा फर्किने तयारी गरिरहेका छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले सर्वाेच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने भनेका छन् ।

    राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनु पर्ने उजुरीमा जिकिर गरिएको छ । यसअघि सर्वोच्च अदालतमा पनि युवराजले नै रिट दायर गर्नुका साथै लामिछानेविरुद्ध राहदानीको कसुरमा पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी समेत दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.