सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस चितवन सभापति खनाल: रविले जितेर यो हविगत भयो, तेस्रो पटक चुनाव गर्नु नपरोस्


  •    न्युजभित्तो/१७ माघ २०७९, मंगलवार १६:०९ 
  • चितवन,१७ माघ । नेपाली कांग्रेस चितवनका सभापित राजेश्वर खनालले राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनावी मैदानमा आए तेस्रो पटक निर्वाचन गर्नुपर्ने बाध्यता आउने बताएका छन्। काठमाडौंमा मंगलबार पत्रकारहरुसँगको संवादका क्रममा चितवनमा राजनीतिक उतारचढाव आइरहने भन्दै मंसिर ४ मा रविको हावा चलेको बताए।

    चितवनमा राजनीतिक उतारचढाव भइराछ। यस पटक रवि लामिछानेको हावा बग्यो। त्यसले देशभर प्रभावित पार्यो, उनले भने, तर केही महिनामै चितवन-२ खाली भयो। ४ महिनापछि अब यहाँ उपचुनाव हुँदैछ। कांग्रेसभित्रको किचलोकै कारण रविले पार्टी बनाएको ६ महिनामै जित निकाल्न सकेको उनले बताए। अहिले कांग्रेसको जुन अवस्था छ। हामी एकअर्कामा दोषारोपण गरिरहेका छौँ, उनले भने, ६ महिनाअघि पार्टी गठन गरेका रविले चुनाव जितेर आउनुभयो। तर मन्त्री बनेको ३२ दिनमा उहाँले के गर्नु भयो ? हविगत देखियो। 

    खनालले अहिलेको सात दलीय गठबन्धनलाई लक्षित गर्दै ८९ सिट भएको पार्टीलाई बाहिर राखेर विभिन्न पार्टीको चंगा बनाउने काम भएको उल्लेख गरे। अहिले हस्ताक्षर प्रचण्डले गर्नुहुन्छ, निर्णय ओलीले गर्नुहुन्छ। बिनातयारी हतारमा बनेको गठबन्धन टिक्न सक्दैन,उनले भने, कुनै पनि कुरा परिपक्व हुन समय लाग्छ। यो गठबन्धन कुनै ठाउँमा दुर्घटनामा पर्छ। रविजीको नागरिकताको केस थियो, अब राहादानीको केस छ। उनलाई अहिले गृहमन्त्री चाहिएको छ। मुलुकलाई के दिनेभन्दा पनि व्यक्तिगत लाभ लिने कुरामा उनी केन्द्रित छन्।

    उनले मंसिर ४ को चुनावमा आन्तरिक एकता नहुँदा नै कांग्रेस नराम्ररी हार्न पुगेको टिप्पणी गरेका छन्। अघिल्लो निर्वाचनमा हामी यति धेरै कमजोर हुने थिएनौँ। हामीबीच हार्मोनी बन्न सकेन। गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं भन्ने नेताहरूलाई लाग्योु, उनले भने, तर चितवन प्रयोगशाला भएको छ। धरातल नबुझी टिकट वितरण गरियो। गठबन्धन हुने तर प्रचण्ड प्रधानमन्त्री नहुने भएपछि हामीमाथि ह्यासरमेन्ट भयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.