सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री लामिछानेको मुद्दाको बहस सकिएसंगै सर्वोच्च परिसरमा बढाइयो सुरक्षा


  •    न्युजभित्तो/१३ माघ २०७९, शुक्रबार १५:५८ 
  • काठमाडौँ,१३ माघ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएसंगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज शुक्रबार सर्वोच्चमा उपप्रधानमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सर्वोच्चमा सुरक्षा बढाइएको हो ।

    लामिछानेको मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपीको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरीले बताएको छ । सर्वोच्च परिसरमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ ।

    लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु संवैधानिक इजलासमा आन्तरिक गृहकार्यमा जुटेका छन् । उनीहरुले छलफल सकेपछि लामिछानेको नागरिकता मुद्दामा आदेश दिने तयारी छ । बहस सकिएपछि आदेश आउने भएपछि सर्वसाधारणको पनि सर्वोच्चतिर चासो बढेको छ ।

    यद्यपि उक्त मुद्दाको फैसला आजै आउन सक्ने प्रवल सम्भावना रहेको बताइएको छ । योसँगै अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षाकर्मीको संख्या बढाएको छ । फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।

    आज गृहमन्त्री लामिछाने पक्ष र विपक्षीका केही कानुन व्यवसायीहरुले बहस गरेका थिए । लामिछानेका तर्फबाट नरेन्द्र केसी,आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापाने गरी ४ जना कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै रिट निवेदकका तर्फबाट कानुन व्यवसायी सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, कीर्तिनाथ शर्मा पौडेल लगायतले बहस गरेका थिए ।

    मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.