सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?


  •    न्युजभित्तो/१२ माघ २०७९, बिहीबार १३:४७ 
  • काठमाडौं,१२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ थालिएको लामिछानेविरुद्धको नागरिकता मुद्दामा कानुन व्यवसायीको बहस नसकिएकाले अर्को सुनुवाइ भोलि (शुक्रबार)का लागि तोकिएको छ। दिनभरको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरे। सरकारी वकिल र लामिछानेका कानुन व्यवसायीले भने लामिछानेले विदेशी नागरिकता त्यागेकाले उनी स्वतः नेपाली भएको जिकिर गरे। लामिछाने पक्षका कानुन व्यवसायीले रिट निवेदन सार्वजनिक सरोकारको विषय नभएको दाबीसमेत गरे।

    नेपाली हुन् भन्ने तथ्यमा विवाद देखिएको बहसमा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय राज्यलाई जानकारी नगराएको अर्थात् कानुनअनुसार प्रक्रियागत रूपमा नयाँ नागरिकता लिनुपर्ने विपक्षी कानुन व्यवसायीको जिकिर छ। देशको नागरिकता नै नभएका व्यक्ति कसरी मन्त्री बन्न सक्छन् रु भन्ने मुख्य प्रश्न बनाइएको छ।

    खचाखच भरिएको इजलासमा दिनभर बहस भएको थियो। कानुन व्यवसायीका यसअघिका बहसजस्तै विषय दोहोर्‍याइएका थिए। बीचबीचमा इजलासबाट न्यायाधीशले कानुन व्यवसायीलाई प्रश्न सोधेका थिए।

    न्यायाधीश खतिवडाले सरकारी वकिललाई प्रश्न गरेका थिए, ‘नागरिकताको प्रमाणपत्र नलिएको व्यक्ति उम्मेदवार हुन मिल्छ ? नागरिकता नलिएको भए तपाईं लोकसेवाको ढोका छिर्न पाउनुुहुन्थ्यो ?’ उनले कोही विदेशी नागरिक सांसद भएको रहेछ भने सार्वजनिक सरोकारको विषय बनाएर उजुरी गर्न पाउने कि नपाउने भन्ने प्रश्न पनि गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.