आचार्यप्रति श्रद्धाञ्जली दिँदै बालेनले लेखे: सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।
न्युजभित्तो/११ माघ २०७९, बुधबार ११:१५
काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आत्मदाहले सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको भएको टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत् नागरिकप्रतिको जिम्मेवारीमा राज्य चुकेको बताएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै उनको नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पताल उपचारको क्रममा मृत्यु भएको हो।