सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : पीडितको पक्षमा खम्बा भएर उभिनू


  •    न्युजभित्तो/२ माघ २०७९, सोमबार १३:५२ 
  • काठमाडौँ, २ माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।

    पुष २८ गते भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डिआइजीहरुलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरुलाई सधै पीडितको पक्षमा खम्बा भएर उभिन निर्देशन दिएका छन् ।

    प्रहरीसंगठन र आफु मातहतमा रहेका प्रहरी कर्मचारीहरुमा सद्भाव राखेर काम गर्न पनि उनको निर्देशन थियो । कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताए ।

    विगतमा सरुवालाई सजायको रुपमा लिने गरिको भएतापनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकेको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वागर नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिएका हुन् । प्रहरी संगठनमा हरेपछि आदेशको पालना त गर्नुपर्छ नै तर कानुन बमोजिमका आदेशको पालना गर्न पनि गृहमन्त्रीले निर्देशन दिएका छन् ।

    अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा भूमिका निर्वाह गरेको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गरेका छन् ।

    कसैको प्रभाव वा दवाबमा नपरी नागरिको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहनपनि मन्त्री लामिछानेले निर्देशन दिएका छन् । संगठनमा क्षमता भएकाहरुलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दवावमा प्राभावित हुन नदिने अडानमा आफु रहेको भन्दै उनले यति सुधार गर्न नसके आफु गृहमन्त्री भएको औचित्य नरहने समेत प्रष्ट पारे ।

    शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा नयाँ जिम्मेवारी पाएका डिआइजीहरुको क्षमता मूल्याङकन गरेर संगठनले गरेको विश्वास डगमगाउन नदिन पनि गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.